गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस
पाेखरा | माघ २७, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा कुलपति विखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सकृय रहेको बताउनुभयो ।
अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उहाँले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताउनुभयो ।
विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिइएको बताउनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् विद्याश्रमका पूर्व नृत्य शिक्षक गोरे गुरुङले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै यस क्षेत्रको शैक्षिक विकासमा विद्याश्रमले विशिष्ट योगदान पु¥याएको बताउनुभयो ।
अभिभावक सरस्वती श्रेष्ठले विद्यालयमा पठाएर मात्र कर्तव्य पूरा नहुँने बताउँदै आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले समय दिनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए भने शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरूलाई प्राचार्य मिलन केसी, संस्थापक क्या.मदन केसी, सहायक प्राचार्य नारायण बराल लगायतले पुरस्कृत गर्नुभएको थियो ।
प्राचार्य मिलन केसीको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन गुरुकुल विद्याश्रम तथा गुरुकुल कलेज अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप प्रमुख रामप्रसाद ढकालले गर्नुभएको थियो भने सल्लाहकार निलिसा ठकुरी केसीले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

